सुदूरपश्चिकका मुख्यमन्त्री भट्ट कोरोना संक्रमित, एक सातादेखि होम आइसोलेसनमा
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। वैशाख २७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनी एक सातादेखि होम आइसोलेसनमा छन्। मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा बसिरहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ। भट्टमा खोकी र ज्वरोजस्ता लक्षण देखिएको छ।
प्रतिक्रिया दिनुहोस्