प्रधानमन्त्रीको सपथग्रहण बदर गर्न माग गर्दै चारवटा रिट दर्ता काठमाडौं। वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा चारवटा रिट दर्ता भएका छन्। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुटाछुट्टै रिट दर्ता गराएका हुन्। उनीहरुले दायर गरेको रिटमा सपथ बदर गर्नुपर्ने मागदाबी गरिएको छ र सातजना गैरसांसदहरुलाई मन्त्री बनाइएको भन्दै बदर गर्न पनि माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्