प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर र पुनः शपथ गराउन माग गर्दै परेको रिटमाथिको सुनुवाई आज हुँदैछ। सुनुवाई प्रधानन्यायाधीध चोलेन्द्रशमशेर जबराको आफ्नै एकल इजलासमा तोकेका छन्। प्रधानमन्त्रीले वैशाख३१ गते गरेको शपथग्रहण गर्ने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको भन्दै बदर गर्न रिट परेको हो।यस्तै सांसद नभएका६ जना दोस्रोपटक मन्त्री बन्नु संविधान विपरीत भएको भन्दै उनीहरुविरुद्ध पनि रिट परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्