एमाले विवाद टुंगो लगाउने कार्यदलको बैठक आज पनि अनिश्चित काठमाडौं। एमाले विवाद टुंग्याउन आइतबार गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक बस्ने आज पनि टुंगो लागेको छैन। माधव पक्षका कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले देखापढीसँग भने, ‘बैठक बस्ने भनिएको छ, तर कतिबजे बस्ने भन्ने खबर आएको छैन।’ गठित कार्यदललाई तीनदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। कार्यदलको बैठक हिजो पनि बस्न सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्