लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा स्पष्ट बहुमत
काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाले पदमुक्त गराएका जनता समाजवादीका ४ जना संसदलाई पुनर्वहाली गरेपछि मुख्मन्त्री शंकर पोखरेलको पक्षमा स्पष्ट बहुमत पुगेको छ।लुम्बिनी प्रदेशसभामा हाल कायम रहेको ८३ सदस्यमध्ये ४२ जना संसद मुख्यमन्त्री पोखरेलको पक्षमा देखिएका छन्। एमालेकै संसदहरुले पदत्याग गरेपछि अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले चारैजना सांसदलाई मन्त्री बनाएका छन्। विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत लिन दवाव दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्