एमाले विवाद : कार्यदलको बैठक बस्दै
काठमाडाैं।नेकपा एमालेभित्रकाे विवाद समाधानकाे सहमित कार्यान्वयनको मापदण्ड बनाउन गठित कार्यदलको बैठक बस्दैछ।दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने तय भएको हो।२ जेठमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचकाे छलफलपछि १० सदस्यीय कार्यदल बनेको थियो।माधव नेपाल पक्षकाे मागअनुसार पार्टी संरचनालाई २ जेठ, २०७५ को अवस्थामा फर्काउने सहमति भएको थियो।कार्यदलमार्फत दुवैतिरका समानान्तर कमिटी र माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको व्यवस्थापन गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्