नेत्रविक्रम चन्दका युवा संगठन सचिवद्वारा आत्मसमर्पण <p>बागलुङ। नेत्रविक्रम चन्द समूह निकट युवा संगठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय, बागलुङमा आत्मसर्मपण गरेका छन्।&nbsp;</p> <p>गलकोट नगरपालिका&ndash;४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन्।&nbsp;</p> <p>&ldquo;नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु&rdquo;, सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।&nbsp;</p> <p>बागलुङ जिल्ला अदालतले सुनारलाई १३ पुसमा १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्