महन्थ–उपेन्द्रको वक्तव्यले दिएको सन्देशः ‘हामी मिलेकै छौं’
काठमाडौं। राजनीतिक रुपले विभाजित बनेको जनता समाजवादी पार्टीले फेरि एकजुट भएको सन्देश दिएको छ। पछिल्लो एक सातादेखि महन्थ र उपेन्द्र पक्षले छुट्टाछुट्टै वक्तव्य निकाल्दा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो। तर आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एउटै वक्तव्य जारी गरेर सबैलाई आश्चर्यमा पारिदिएका छन्। उनीहरु पार्टीभित्र देखिएको आन्तरिक विवादलाई विधानअनुसार टुंग्याउने निष्कर्षमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्