सपथग्रहणविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रधानमन्त्रीले सपथ लिँदा 'त्यो पर्दैन' भनेपछि सपथग्रहणविरुद्ध हिजो रिट दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र ओली र केशरजंग केसीले सपथग्रहणविरुद्ध रिट दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्