आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उपनिर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, साझा पार्टीलाई तराजु, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो निर्वाचन चिह्न प्रदान गरिएको छ ।
ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरू, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली कांग्रेस (वीपी)ले करूवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्रयाक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिह्न प्राप्त गरेका छन् ।
त्यसैगरी, जनमत पार्टी (जपा) लाई लाउडस्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको छ ।
२०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिएको हो । रासस