शपथसम्बन्धि प्रधानमन्त्रीसँग लिखित जवाफ माग
काठमाडौं। वैशाख ३१ गते प्रधानमन्त्री पदका लागि भएको शपथसम्बन्धि परेको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ। अदालतमा प्रधानमन्त्रीले पुनः सपथ गर्नुपर्ने माग गर्दै परेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वाेच्चले लिखित जवाफ मागेको हो। प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षी बनाइएको राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्