राजेन्द्र महतो दलको नेतामा निर्वाचित भएको जानकारी संसद सचिवालयमा दर्ता काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित गरिएको जानकारी संघीय संसद सचिवालयमा दर्ता भएको छ। आज सिंहदरबारस्थित संसद सचिवालयमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेतामा निर्वाचित भएको पत्र दर्ता गरिएको हो। पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुरको मात्र हस्ताक्षर छ। आजै मात्र अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले वक्तव्य जारी गरेर पार्टी एकताको सन्देश दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्