प्रदेशसभा सदस्य छाडेका खड्का र पाण्डेय राष्ट्रियसभा सदस्यका उम्मेदवार
बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार चन्द्रबहादुर खड्का र दीर्घनारायण पाण्डेयबीच समान विषय रहेका छन्। दुवै उम्मेदवार पहिले लुम्बिनी प्रदेशसभा सदस्य थिए। खड्का माओवादी केन्द्रबाट विजयी भएपनि एमालेमा प्रवेश गरेकाले पदमुक्त भएका थिए। पाण्डेय एमालेबाट विजयी सांसद भएपनि राजीनामा गरेर कांग्रेसमा प्रवेश गरेका हुन्। एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्