राष्ट्रियसभा सदस्य उपनिर्वाचन : बागमती प्रदेशमा मौन अवधि सुरु
काठमाडौं। निर्वाचन आयोगले बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका जेठ ३ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको जनाएको छ। यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। जेठ६ गते बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ। एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा समेत मत नमाग्न आयोगले भनेको छ।
प्रतिक्रिया दिनुहोस्