कोरोना संक्रमणका कारण जसपा नेता सिंहको निधन काठमाडौं। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमण भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनी मेडिसिटी अस्पतालमा उपचाररत थिए। सिंहको आज निधन भएको हो। नेपाली कांग्रेसको राजनीति छाडेर २०६४ सालमा उनी महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए। ०७० सालको संविधानसभाको निर्वाचनमा उनले बारा १ बाट चुनाव लडेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्