दुई घण्टा टिकेन उपेन्द्र र महन्थको सहमति
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेको दुई घण्टामै सहमति भाँडिएको छ। आज ठाकुरले महतोलाई संसदीय दलको नेता निर्वाचित भएको पत्र संसद सचिवालयमा पठाएपछि पार्टीभित्र फेरि विवाद सुरु भएको हो। सो पत्रको जवाफ दिँदै अध्यक्ष यादवले अहिलेसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताए।
प्रतिक्रिया दिनुहोस्