एमाले कार्यदलको बैठक सम्पन्न, अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टीपंक्तिलाई आग्रह काठमाडौं। एमाले विवाद समाधान गर्न गठित कार्यदलले पार्टीमा अन्तरविरोध सिर्जना हुने कुनैपनि काम नगर्ने पार्टीपंक्तिलाई आग्रह गरेको छ। आज बसेको कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र,कार्यविधि र आचारसंहिता तयार गरेको नेपाल समूहका कार्यदल संयोजक भिम रावलले बताए। उनले पार्टीमा देखिएका समस्या समाधान गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको पनि बताए। बैठक भोलि पुनः बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्