गण्डकी प्रदेश : चारजना मन्त्रीको शपथको तयारी पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन्। चारजना मन्त्रीले मन्त्री पदमा सपथ लिने तयारी भएको मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ। सपथ लिने मन्त्रीहरुमा पुरानै मन्त्री दोहोरिनेछन्। सपथको कार्यक्रम २ बजेपछि हुनेछ। गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले वैशाख २९ गते प्रदेशप्रमुख सीताकुमारी पौडेलमार्फत सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्