अध्यक्ष ओलीको नेता नेपाललाई चेतावनी : बादलको विपक्षमा मत खसाले क्षम्य हुँदैन
काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध मत खसाले स्वीकार्य नहुने चेतावनी दिएका छन्। आज उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु,निर्वाचन चिन्हलाई अवमूुल्यन गर्नु र पार्टीको निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बाहिरको कुरा हो। यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि स्वीकार्य वा क्षम्य हुनै सक्दैन।’
प्रतिक्रिया दिनुहोस्