मोदीको लोकप्रियतामा धेरै गिरावट आयो : सर्वे एजेन्सी।कोरोना कहरबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको छ।मर्निङ कन्सल्टले २०१९ को अगस्टदेखि मोदीको लोकप्रियताबारे सर्वेक्षण सुरु गरेको थियो।मोदीको कुल रेटिङ यो साता ६३ प्रतिशत रह्यो। यो अप्रिलको तुलनामा २२ अंकको गिरावट हो। भारतमा कोरोना भाइरसका कारण दैनिक हजारौंको संख्यामा सर्वसाधारणको मृत्यु भइरहेको छ। सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी २०१९ मा पुनः अत्यधिक बहुमतका साथ निर्वाचित भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्