एमाले विवाद मिलाउन कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं। नेकपा एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ। आज साँझ सिंहदरबारमा कार्यदलको बैठक बस्न लागेको अध्यक्ष ओलीतर्फका कार्यदलका संयोजक सुभाष नेम्वाङले जानकारी दिए। हिजो बसेको कार्यदलको बैठकले पार्टीविरुद्धका गतिविधि नगर्ने निर्णय गरेको थियो। कार्यदललाई एमालेभित्रको विवाद मिलाउने जिम्मा दिइएको छ।
प्रतिक्रिया दिनुहोस्