मौनअवधिमा आचारसंहिता उल्लंघन, आयोग भन्छ– यस्तो स्वीकार्य हुँदैन
काठमाडौं। निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको मौनअवधिमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको जनाएको छ। “केही व्यक्तिहरूले आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्नेजस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। आचार संहिताविपरीतका गतिविधि कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने आयोगले बताएको छ।
प्रतिक्रिया दिनुहोस्