गैरसांसद सातजना मन्त्रीको नियुक्ती बदर गर्न भन्दै सर्वोच्चमा रिट दायर
काठमाडौं। सातजना गैरसांसदलाई मन्त्री बनाइएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले गैरसांसद मन्त्रीको नियुक्ती बदर गर्न र अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्। सोमबार गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै रिट दायर भएपनि त्यसमा अन्तरिम आदेश मागिएको थिएन्। माओवादीबाट एमाले बनेका सातजना गैरसांसदहरु अहिले मन्त्री छन्।
प्रतिक्रिया दिनुहोस्