केजरिवालको भनाईलाई लिएर भड्कियो सिंगापुर, भारतीय विदेशमन्त्रीले जनाए आपत्ति
एजेन्सी।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको भनाईलाई लिएर सिंगापुरले आपत्ति जनाएको छ।केजरिवालले ट्वीटर मार्फत सिंगापुरमा कोरोनाको नयाँ भेरिएन्ट आएको, जुन बच्चाहरुको लागि खतरनाक रहेका कारण सिंगापुरसँगको हवाइ सेवा बन्द गर्न अनुरोध गरेका थिए। त्यसपछि सिंगापुर सरकारले भारतीय राजदूताई बोलाई केजरिवाललाई कोरोना र हवाई सेवाको बारेमा बोल्ने अधिकार नभएको भन्दै आपत्ति जनाएको थियो। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि केजरिवालको भनाईप्रति आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्