परराष्ट्रमन्त्री ज्ञवाली र स्पेनका विदेशमन्त्रीबीच टेलीफोनवार्ता
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच आज टेलिफोनमा कुराकानी भएको छ। मन्त्री ज्ञवालीले स्पेनका समकक्षीलाई भोली स्पेनले नेपाल पठाउन लागेको स्वास्थ्यसामाग्रीको लागि धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्पेनिस सहयोग निकायका प्रमुखसहितको टोली सहयोग सामाग्री लिई बिहीबार काठमाडौं आउँदैछ। परराष्ट्रका अनुसार उनीहरु स्पेनको आइबेरियन एयरलाइन्सको विमान चार्टर गरी काठमाडौं आउन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्