गण्डकी प्रदेशमा ४ मन्त्रीले लिए शपथ
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेशप्रमुख सीता पौडेलले किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मगरलाई मन्त्री पदको शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय पछि छलफलबाट टुङ्गो लगाउने बताइएको छ। किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। यसअघि खेलकुदमन्त्री रहेका दीपक मनाङ्गे भने जिल्लाबाहिर रहेकाले शपथमा अनुपस्थित बताइएको छ।
प्रतिक्रिया दिनुहोस्