परराष्ट्रमन्त्री र बेलायतका राज्यमन्त्रीबीच भर्चुअल बैठक सम्पन्न
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका राष्ट्रमण्डल तथा विकास मामला राज्यमन्त्री तारिक अहमदबीच भर्चुअल बैठक सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै देशले सामना गरिरहेको कोरोना महामारी, यसका चुनौती र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो। मन्त्री ज्ञवालीले आजै स्पेनका विदेशमन्त्रीसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। उनले बिहीबार काठमाडौं आउँदै गरेको स्पेनको सहयोग (स्वास्थय सामाग्री)को लागि धन्यावाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस्