लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेल नियुक्तीको विरुद्ध विपक्षी गठकबन्धन अदालत जाने लुम्बिनी। लुम्बिनी प्रदेशमा विपक्षी दलका गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको विरुद्धमा अदालत जाने भएका छन्। आज बसेको कांग्रेस, माओवादी, राजपा र जसपा उपेन्द्र समूहको बसेको बैठकले संविधानको धाराको गलत व्याख्या गरी मुख्यमन्त्री पोखरेललाई नियुक्ति दिएको भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको प्रदेशसभा मुख्य सचेतक फखरुदिन खानले मुख्यमन्त्री पोखरेलको नियुक्ति विरुद्ध अदालत जाने निर्णय भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्