संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौं। सर्वोच्च अदालतले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश मीरा खड्काको एकल इजलासले आदेश दिएको हो। अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दर्ता गरेको रिटमा सुनुवाई गर्दै राष्ट्रपति कार्यालयलाई निवेदकको माग बमोजिमको आदेश किन जारी नहुनुपर्ने हो? सवुद प्रमाणसहित म्याद सूचना पाएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।
प्रतिक्रिया दिनुहोस्