अब संसदको विशेष अधिवेशन कि बजेट अधिवेशन?
काठमाडौं।आज मन्त्रिपरिषदको बैठक बस्दैछ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकले संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताईएको छ। अहिले बजेट अधिवेशन आह्वान गर्ने की प्रधानमन्त्रीले विश्वासको मत लिने प्रायोजनका लागि विशेष अधिवेशन भन्ने सम्बन्धमा यकिन नभएको एक मन्त्रीले बताए।कतिपयले भने प्रधानमन्त्रीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने र विश्वासको मत नपाए अध्यादेशमार्फत बजेट ल्याउने तयारी रहेको पनि बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्