प्रधानमन्त्री ओलीद्वारा बेलायती राजदूत पोलिटलाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग एस्ट्राजेनेक कोभिड-१९ भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेका छन्। आज सिंहदरबारमा प्रधानमन्त्री ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भएको शिष्टाचार भेटका क्रममा भ्याक्सिन उपलब्ध गराउन सहयोग मागेका हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोभिड १९ विरुद्धको लडाइँमा सहयोगको आदानप्रादानबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्