नेकपा नेता नेपालले भने- 'एमसीसी घातक' <p>मकवानपुर। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग&nbsp;निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालले स्वीकार गर्नु नहुने धारणा राखेका छन्।&nbsp;</p> <p>हेटौंडा नगर वडा कमिटी सदस्यको शपथ कार्यक्रममा १५ पुसमा नेता नेपालले एमसीसी इन्डो-प्यासिफिक रणनीतिको अंग भएकाले उसको अनुदान लिनु असंलग्न परराष्ट्र नीतिविपरित हुने बताएकाे आजको कान्तिपुरमा समाचार छ।&nbsp;</p> <p>नेता नेपालले इन्डो-प्यासिफिक रणनीति अमेरिकालाई शक्तिशाली बनाउनका लागि तय गरिएको दाबी गरे।&nbsp;</p> <p>&ldquo;इन्डो-प्यासिफिक रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध छ। कसैको विरुद्ध खडा भएको गठबन्धनसँग जोडिएको अनुदान स्वीकार गर्नु घातक हुन्छ&rdquo;, उनले भने।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्