कारबाहीको माग गर्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी
काठमाडौं। निर्वाचन आचारसंहिता उल्ल्लघंन गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ। आज कांग्रेसको संसदीय दलको कार्यालयले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हो। प्रधानमन्त्री ओलीले मत माग्ने वक्तव्य दिएकोप्रति विरोध जनाएको छ।पत्रमा '२०७२ को दफा ५घ(३) र(५) र दफा(६) विपरीत कार्य गर्ने जो कोहीलाई कारबाही गर्न जोडदार माग गर्दछ।'भनिएको छ।
प्रतिक्रिया दिनुहोस्