सर्वोच्च अदालतको आदेश- गैरसांसद ७ मन्त्रीको निरन्तरता असंवैधानिक हो काटमाडौं। सर्वोच्च अदालतले गैरसांसद ७ जना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ। आज प्रधानन्यायाधीसको एकल इजलासले यस्तो निर्णय गरेको हो। यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्