गैर-सांसदको मन्त्री पद बदरबारे अदालतको फैसला कार्यान्वयन हुन्छ : ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरसांसदहरूको मन्त्री नियुक्तिका सम्बन्धमा अदालतको फैसला कार्यान्वयन हुने बताएका छन्। सातजना गैर-सांसदको मन्त्री पद बदर गर्ने गरी अदालतले दिएको अन्तरिम आदेशका सम्बन्धमा उनले यस्तो बताएका हुन्। “भर्खरै सुनेँ, पूर्णपाठ हेर्न बाँकी छ। कतिपय विषयमा फरक राय हुन सक्छन्,” उनले भने, “तर अदालतको फैसलाको कार्यान्वयन हुन्छ, यो हाम्रो कर्तव्य हो।”
प्रतिक्रिया दिनुहोस्