बजेट नियमित संसद अधिवेशनबाटै आउँछ : मन्त्री ज्ञवाली
काठमाडौं। सरकारले आजै संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने भएको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्री परिषद्को बैठकले संसदको अधिवेशन बोलाउने निर्णय गर्ने तयारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। "बजेट अध्यादेशबाट ल्याउने कुनै सोच छैन, नियमित बैठक नै आह्वान हुन्छ र संसदबाटै आउछ," उनले भने।
प्रतिक्रिया दिनुहोस्