राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटा को हुन्? काठमाडौं। राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन्। डा.देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवसमूह र जसपाको यादवपक्षले साझा उम्मेदवारका रूपमा अघि सारेका थिए। देवकोटा एमालेको माधव समूहनजिक छन्। माधवसमूहले आफ्ना मतदातालाई देवकोटालाई मत हाल्नेबारे स्वविवेक प्रयोग गर्न भनेका थिए। उनी प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष भइसकेका छन्। उनी कलम चिह्नबाट उपनिर्वाचनमा एमालेका रामबहादुर थापाको प्रतिद्वन्द्वी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्