एमालेले भन्यो, बादललाई मत नदिनुलाई गम्भीर रुपमा लिइन्छ
काठमाडौं। नेकपा एमालेले बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई भोट नदिएको विषयमा गम्भीर रुपमा लिएको बताएको छ। आज वसेको स्थायी कमिटीको बैठकले पार्टी निर्णय विपरीत पार्टीका उम्मेदवारका विरुद्धमा मतदान गर्ने र पार्टीको निर्णय अवज्ञा गर्ने प्रवृतिलाई गम्भीरताका साथ लिँदै यसको भत्सर्ना गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकपछि प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्