एमाले नेता विष्णु रिजाल भन्छन्, 'पार्टी एकता बिथोलिने खतरा बढ्यो' काठमाडौं। राष्ट्रियसभामा डा.खिमलाल देवकोटा निर्वाचित भएलगत्तै नेकपा एमाले नेता विष्णु रिजालले पार्टी एकता विथोलिने खतरा बढेको बताएका छन्। आज सामाजिक सञ्जालमा उनले भनेका छन्, "राष्ट्रियसभामा एक सिट ठूलो विषय होइन तर बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ।" उनले उपनिर्वाचनको प्रकरणले पार्टी एकता कार्यदलको काम प्रभावित भएको बताउँदै नेता कार्यकर्तामा तिक्तता थपिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्