राष्ट्रपतिबाट आज दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुईवटा अध्यादेश जारी गरेकी छन्। आज राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमार्फत् अध्यादेशबारे जानकारी गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्