संविधानबमोजिम नै संसद् विघटनको दिशामा
काठमाडौं। प्रतिनिधिसभा संविधानबमोजिम विघटनको दिशामा गएको छ। ठूलो दलका रूपमा प्रधानमन्त्री बनेका एमालेका अध्यक्ष केपी ओलीले विश्वासको मत नलिई संविधानको उपधारा (५) बमोजिम सरकार गठनका लागि मार्ग प्रशस्त गरेका छन्। बहुमत नपुगेर सरकार गठन गर्न नसकेका विपक्षीले अहिले पनि सरकार गठन गर्न सक्ने आधार देखिँदैन। अब भोलिसम्म वैकल्पिक सरकार गठन नभए स्वतः संसद विघटन भई देश निर्वाचनमा जानेछ।
प्रतिक्रिया दिनुहोस्