संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : रामचन्द्र पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५)अनुसार भोलि साँझसम्म नयाँ सरकार गठनको लागि आह्वान गरेपछि नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। उनले नयाँ सरकार गठनको लागि कम्तीमा तीन दिन दिनुपर्ने बताएका छन्। उनले दलहरूलाई संविधान जोगाउने प्रयासमा लाग्न अपिल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्