माधव नेपाल समूहसँग एकता धुमिल भयो : ईश्वर पोखरेल
काठमडौं। एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि पार्टीभित्र बनिरहेको एकताको वातावरण धुमिल भएको टिप्पणी गरेका छन्। उनले राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य भएको बताएका छन्। राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको माधवकुमार नेपाल समूहले बादललाई मत नदिएपछि नेपाल समूहसहित विपक्षी गठबन्धनले अघि सारेका उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस्