एमाले नेता रावल भन्छन- नागरिकताको विषयलाई कुर्सीको खेलसँग जोड्नु हुन्न काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुर्सीको खेलसँग जोड्न नहुने बताएका छन्। हिजोको मन्त्रिपरिषद् बैठकबाट नागरिकतासम्बन्धि अध्यादेश पारित भएको चर्चा चलिरहेका बेला नेता रावलले यस्तो बताएका हुन्। उनले ट्वीट गर्दै भनेका छन्, “नागरिकता देशको अस्मिता/अस्तित्वसँग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न। नागरिकताबारे संविधानसभामा धेरै बहस भइ संविधानमा लेखिएकोभन्दा फरक किसिमले जानु नेपालको हितविरुद्ध हुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्