विपक्षी गठबन्धनसँग छलफलमा जुट्दै कांग्रेस काठमाडौं। नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्ने भएको छ। भर्खरै सम्पन्न पदाधिकारीको बैठकले अन्य दलसँग छलफल गरेर आवश्यक रणनीति तय गर्ने निर्णय गरेसँगै छलफल अघि बढाउने भएको हो। सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका उपेन्द्र यादव र एमालेको माधव नेपाल पक्षसँग समेत छलफल गर्ने तयारी गरेका छन्। कांग्रेसले साँझसम्म विकल्प तयार गर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्