जसपा संसदीय दलको बैठक सकियो, प्रधानमन्त्रीसँगको छलफलबारे ठाकुरको ब्रिफिङ
काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे छलफल भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन भएको छ, कार्यदलमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ।’ उनले प्रधानमन्त्रीको तर्फबाट कार्यदलमा को–को छन् भन्नेबारे नाम खुलाउन चाहेनन्।
प्रतिक्रिया दिनुहोस्