महन्थ ठाकुरले गरे जसपा कार्यकारिणी समितिको बैठक स्थगित
काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। आज जसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बढदो कोरोना महामारीका कारण अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नआएसम्म बैठक स्थगित गरिएको छ।”
प्रतिक्रिया दिनुहोस्