विपक्षी गठबन्धनको बैठकमा उपेन्द्र यादव किन गएनन्?
काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन्। बैठकमा अध्यक्ष यादव आउने अपेक्षा बुढानिलकण्ठले गरेको थियो। तर अन्तिम अवस्थासम्म बैठकमा उपेन्द्र पुगेनन्। अध्यक्ष यादवले बिहानै फोनमार्फत प्रचण्डलाई आफ्नो पोजिसनबारे जानकारी गराएको सांसद रामबाबु यादवले देखापढीलाई बताए। उनले भने, ‘अध्यक्षज्यूले जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव प्रचण्डलाई गर्नुभयो, प्रचण्डले छलफल गर्छु भन्नुभएको थियो।’
प्रतिक्रिया दिनुहोस्