उपेन्द्र यादवले भने, कार्यकारिणीको बैठक स्थगित भएको छैन
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन्।
आज अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै बैठक स्थगित नभएको जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ,“वर्तमान परिस्थितमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले जेठ ८ र ९ मा कार्यकारिणीको बैठक बोलाइएको छ। बैठक स्थगित भएको छैन।” केहीबेर अघि जसपा अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्