राष्ट्रपतिमाथि महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ : विवेकशील साझा काठमाडौं। विवेकशील साझा पार्टीले राष्ट्रपतिमाथि महाअभियोग लगाएर नयाँ सरकार बनाउन आह्वान गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै राष्ट्रपति संस्थाको शाख गिराउने र अपमान गर्ने काम भएकाले विद्यादेवी भण्डारीमाथि तत्काल महाअभियोग ल्याएर पदमुक्त गर्नुपर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ,“संसदमा रहेका विपक्षी दल र सांसदहरु एकजुट भई नयाँ सरकार गठनका लागि पहल गर्न आह्वान गर्दछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्